आज:  | Mon, 20, Jan, 2025

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा

१५ कार्तिक २०७९, मंगलवार १६:३९ मा प्रकाशित ( २ साल अघि) ६१८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – नेकपा एमालेले आज आफ्नो चुनावी घोषणा पत्रमा अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने उल्लेख गरेको छ । लामो समयदेखि अलपत्र परेको नेपालको अर्बिटल स्लटलाई नेपालकै स्वामित्वमा आफ्नै नेतृत्वको सरकारले ल्याएको बताएको छ ।

उक्त अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गरिने एमालेले बताएको छ । ‘ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम बाहिरिनबाट रोकिने छ’ एमालले भनेको छ । यसअघि फ्रान्सको कम्पनी थेल्ससँग एमाले नेतृत्वको सरकारले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस