
नारी बाटिका
धादिङ – जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई टेलिभिजन सहयोग गरिएको छ । कारागार परिसरमा आयोजित कार्यक्रमका बीच नीलकण्ठ नगरपालिका वडा नं.१० टारीबासी निवासी शिव पाठकले कारागारका जेलर धनीराम शर्मालाई टेलिभिजन हस्तान्तरण गरेको हो ।
दश वर्षदेखि वैदेशिक रोजगारमा रहेका पाठकले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको उपस्थितिमा कैदीबन्दीलाई सामग्री प्रदान गरेका थिए । कैदीको माग बमोजिम नै एक सेट टेलिभिजन सहयोग गरेको जेलर धनीराम शर्माले बताए । ३० हजार मुल्य रहेको टिभी कैदीलाई सयोग गरिएको हो ।
जिल्ला कारागारको क्षमताभन्दा धेरै कैदीबन्दी रहेका छन् । हाल कारागारमा ३ सय ६ जना बन्दी रहेका छन् । जसमा २ सय ८५ जना पुरुष र २१ जना महिला रहेको जेलर धनीराम शर्माले बताए ।








प्रतिक्रिया दिनुहोस