आज:  | Tue, 21, Jan, 2025

धादिङमा बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु ६ घाइते

२६ कार्तिक २०७९, शनिबार २२:१८ मा प्रकाशित ( २ साल अघि) १०३२ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका ४ टारी स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ज्वालामुखीको टारीबाट अर्याल गांउ तर्फ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धान पराल बोकेको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल खसि दुर्घटना हुदा ज्वालामुखी गाउँपालिका ४ धादिङका ३५ वर्षीय उत्तम अर्यालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

डिएसपी खत्रीका अनुसार दुर्घटनामा परि बोलेरो चालक ज्वालामुखी गाउँपालिका ४ अर्याल गाउँका २० वर्षिय समिर गदेल ३१ वर्षिय प्रकाश अर्याल, ३८ वर्षीय को सोम बहादुर दुवाडी, ४२ वर्षीय राम बहादुर बि.क., ५२ वर्षिय किसन बि.क. र १५ वर्षिय प्रितम गदेल घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस