आज:  | Tue, 21, Jan, 2025

आज लोकत्रान्त्रिक वाम गठवन्धनको विजया जुलुस तर गतवन्धित दलको खाजै सहभागी भएन……………..

१० मंसिर २०७९, शनिबार २०:२४ मा प्रकाशित ( २ साल अघि) १४९३ पटक पढिएको
नारी बाटिका


२०७९ मंसिर १० धादिङ ।

आज लोकत्रान्त्रिक वाम गठवन्धनले जिल्ला सदरमुकाम धादिङवेशीमा भव्य रुपमा निर्वाचन विजया जुलुस मनाएको छ । तर गतवन्धित दलको भने खाजै सहभागीता भएको देखिएन । गठबन्धनको बलियो गाँठो गन्तव्यमा नपुगी नटुंगने जनाउँदै आएका माओवादी केन्द्रले निर्वाचनको नतिजा पुरापर हुनै नपाई सहयात्री दललाई धोका दिने संकेत देखाएको छ । मंसिर ४ को नतिजामा केही जिल्लाका आफ्ना उम्मेद्धारहरु पराजित भएपछी माओवादी केन्द्र यस निर्वाचन तथा सहयात्री काँग्रेस प्रति असन्तुष्ठी हुंदै आएको भन्ने विचार व्यक्त भईरहेको वखत आज माओवादी केन्द्र धादिङले सहभागिता नजनाएपछि सदरमुकाम धादिङबेसीमा कांग्रेस एक्लैले विजयी र्‍यालीको आयोजना गरेको छ ।

नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति, क्षेत्र न.ं १ र २ धादिङले आयोजना गरेको विजयी र्‍यालीमा गठबन्धनको साझा उम्मेदवारको रुपमा संघमा चुनाव जितेका कांग्रेसका रामनाथ अधिकारी र यसै क्षेत्रको प्रदेश २ क मा विजयी कांग्रेस कै गोविन्द लम्साल,प्रदेश १ का मधु कुमार श्रेष्ठ को सहभागिता रहेको थियो ।

हामीलाई कांग्रेसले विजयी र्‍याली बारे जानकारी गराएको हो । यो क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवारलाई योजनावद्ध रुपमा हराईएको छ तसर्थ हामीले यो क्षेत्रको विजयी र्‍याली सहभागीता नजनाईएको हो भन्ने बुझिन आएको छ ।

२ नम्बरको विजयी र्‍यालीमा हामी सहभागी नजाउने र १ मा गठबन्धनको मर्म भावना अनुसार नतिजा आएकोले त्यस क्षेत्रमा हुने कार्यक्रममा भने हाम्रो पार्टीको सहभागिता रहने छ । जिल्ला संयोजक मनराज भण्डारीले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस