आज:  | Sat, 27, Apr, 2024

मोवाईल कै लागी दुई दम्पतीको हत्या गरेको प्रहरीद्धारा सार्वजनिक ।

३ पुष २०७९, आईतवार २१:०८ मा प्रकाशित ( १ साल अघि) ४४७ पाठक संख्या
नारी बाटिका


मोवाईल कै लागी दुई दम्पतीको हत्या गरेको प्रहरीद्धारा सार्वजनिक ।
धादिङ २०७९ पौष ३

फ्रिफायर’ गेम खेल्न मोवाईल चोरी गरी अरुले, थाहापाउने डरले दुई दम्पत्तीको हत्या,
भिडियो सहित ।

IMG_1573

मोवाईलमा गेम खेल्ने लत बसेपछी गत मंसिर २६ गते धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ३ आलेका वृद्ध दुई दम्पत्तीको निर्मम हत्या भएको छ ।
अनलाईन मोवाईल गेम ‘फ्रिफायर’ खेल्नको लागि गाउँकै दुई बालकहरु मिली मोवाईल चोरी गरी वृद्ध दम्पतीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको छ ।
मोवाईल चोरी गरी लगेपछी खोजी गर्दा त्यसै मोवाईल धनी दुई दम्पत्तीको निर्मम हत्या गरी फरार रहेका दुइ बालकलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा हामीले नै हत्या गरेका हौं भनी बालकहरुले बताएका हुन् ।
ति बालकहरुमा ‘फ्रिफायर’ गेमको लत लागेको र गेम खेल्ने मोवाईलको मोह र कुलतमा फसेको कारण यो अप्रिय घटना घटेको प्रहरीको निस्कर्ष रहेको छ । उमेर सानै भएपनि जाँड रक्सी खाने, गाउँमा अरुलाई धम्काउने जस्ता कार्य गर्दै आएका र सानैदेखी उदण्द गतिविधी देखाउने, बालकहरु आफुले फ्रिफायर गेम खेल्न मोबाइलकै लागि वृद्ध दम्पत्तीको हत्या गरेको खुलेको आज जिल्ला प्रहरी कार्यलयद्धारा पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख धादिङका उपरिक्षक राकेश सिंहले जानकारी गराउनु भएको हो ।
वृद्ध दम्पत्तिको मंसिर २६ गते सोमबार विहान घरमै शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीको टोली सहित केन्द्रिय अनुसन्धान व्यूरोको ३० जनाको टोली घटना स्थलमा गई सुष्म अनुसन्धान थालेको थियो भने घटनास्थलमै बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीले स्थानीय दुई बालकलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान पछि हत्या गरेको पुष्टि भएको एसपी सिंहले बताउनु भएको हो ।

अनुसन्धानको क्रममा उमेर कलिला तर अपराधिक मनोवृत्ती भएका ति बालकहरुबाट दुई जनाकै सहकार्य र सल्लाहमा वृद्ध दम्पत्तीलाई बन्चरो प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलासा भएको हो । चोरी गरेको मोबाइल र घटनामा प्रयोग गरेको बन्चरो समेत प्रहरीले बरामत गरेको छ ।


तैसैगरी उक्त पत्रकार सम्मेलनमा काठमाण्डौ तर्फ लागु औषध गाँजा सहित विक्री गर्न लादै गरेको अबस्थामा धादिङ जिल्ला थाक्रे ४,बस्ने वर्ष २१ को ईमान तामाङ, सोही स्थान बस्ने वर्ष ६० को काले तामाङ,काठमाण्डौ जिल्ला महानगरपालिका १५ घरभई बस्ने वर्ष २६ को सन्तोष महर्जजन,ुसोही स्थान बस्ने वर्ष २१ को सर्जन देउला IMG_1573लाई पनि पनि प्रहरीले सार्वजनिक गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस