आज:  | Wed, 08, May, 2024

आज मेरी क्रिस्मस् जन्मदिन, प्रधानमन्त्री, राष्ट्रपतिद्वारा शुभकामना ।

१० पुष २०७९, आईतवार १२:०७ मा प्रकाशित ( १ साल अघि) २८४ पाठक संख्या
नारी बाटिका


आज मेरी क्रिस्मस् जन्मदिन, प्रधानमन्त्री, राष्ट्रपतिद्वारा शुभकामना ।

काठमाण्डौ २०७९ पौष १०

आज मेरी क्रिस्मस् जन्मदिन, प्रधानमन्त्री र राष्ट्रपतिद्वारा शुभकामना व्यक्ति गर्नु भएको छ । इसाई धर्मावलम्बीहरूले एक आपसमा खुसी साटासाट गरी मनाईने पर्व क्रिसमस्लाई महत्वपुर्ण चाडको रुपमा लिने गर्दछन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात प्रभु येशुको जन्मदिनलाई नै क्रिसमस दिवसका रूपमा विविध कार्यक्रम गरी गरी मनाउने प्रचलन रहेको छ ।
हुनत बाहिरी विदेशी धर्म भित्राएर आफ्नो देशको धर्म संस्कारलाई कुल्चिनु उचित कुरा मानिदैन तर आफ्नो राजनितिक स्वार्थ पुरा गर्नको लागी नेपालमा जे जे गरेपनि छुट दिने प्रचलन बढिरहेको पाईन्छ । सवै देशमा कुनै न कुनै धर्मबाट देशको परिचय भईरहेको छ । जस्तै विश्वकै टेक्निकल हिसावले अगाडी रहेको देश जापान वुदिष्ट्,कतार,मलेसिया,दुवै,कुवेद लगायतका मुष्लिम राष्ट्र,अमेरिका,क्रिस्च्सिेन देश
भनेर चिनिन्छन् त्यस्तै छिमेकी देश भारत पनि हिन्दु राष्ट्रको रुपमा परिचित छ केही समय अगडी नेपाल पनि हिन्दू राष्ट्र भनेर परिचित थियो । तर आफ्नो राजनितिक स्वार्थ पुरा गर्नकै लागी नेपाली काँग्रेसका नेता गिरिजावावुले देशको नेतृत्व गरिरहेको अवस्थामा धर्म निरिपेक्ष देश भनि घोषणा गरे पच्छाद हाल नेपालमा विभिन्न धर्मका नाउमा ब्यपार नै भईरहेको नेपालका संस्कृत विदहरु वताउने गर्दछन् । त्यस्तै जव धर्म छोडिन्छ तेहाँ कुनै अनुशासन, धार्मिक मुल्य मान्यता सद्भाव केही रहदैन,अहिले पृथ्वीमा कली आई बसेको छ त्यसैले हिजोआज हाम्रो समाजमा हुने नहुने हिंसाका गतिविधी हुन थालेका छन् । सिधासाधाले बाच्नु पनि गाह्रो पर्ने अवस्था आयो भन्ने चिन्ता व्यक्ति गर्छन् पुराना बुढापाकाहरु । तेसैले होला हाम्रो देशमा मियो विनाको दाँई भनेझै देखिएको छ र पनि धर्मले मानिसलाई जुटाउछ , राजनितिले एक आपसमा भएको भाईचारा सम्वन्धलाई पनि फुटाँछ भने झैं सवैले सवैको धर्म,रितिरिवाज र संस्कारलाई अंगिकार गर्न सके एकआपसमा सम्मान र कदर हुन सक्ने देखिन्छ । क्रिस्मस्कै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी हरुलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना सन्देश मार्फत चाड पर्वलाई आफ्नो संस्कार,संस्कृति र प्रचलनको रूपमा मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्दछु भन्नु भएको छ ।

तेसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना सन्देश मार्फत उहाँले भन्नु भयो यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भावना साटासाट भई पारस्परिक सम्वन्ध विस्तार हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु भन्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस