आज:  | Fri, 19, Apr, 2024

आलोपालोमा सरकार चलाउने तथा संसदका सवै दलहरुसँग विश्वासको मत माग्ने तयारी ।

२५ पुष २०७९, सोमबार ०९:०० मा प्रकाशित ( १ साल अघि) २०१ पाठक संख्या
नारी बाटिका


काठमाडौं, पुस २५

आलोपालोमा सरकार चलाउने र यो सहकारलाई वलियो बनाउनका लागी सत्ता गठबन्धनको बैठक बसी संसदका सबै लहरुसँग विश्वासको मत माग्ने तयारी गरेको छ । पुस १० मा एमालेसंगको सम्झौतामा सात दलिय गठवन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व सरकार टिकाउनका लागी संसदका सवै दलहरुसंग विश्वासको मत माग्ने तयारी भैईरहेको छ।

त्यस्तै सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले संसदका सबै दलसँग विश्वासको मत माग्ने निणर्य गरेको हो। सरकार सञ्चालनका लागि गठवन्धन दलको साझा कार्यक्रमलाई पर्ण रूप दिई उक्त साझा कार्ययोजनालाई छिटै औपचारिक रूपमा सार्वजनिक गरिने जस्ता निर्णय भएको छ।
सत्ता साझेदार दलबीच संघीय र प्रादेशिक तहमा साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ। साझेदारीका बारेमा विषेश रूपमा सहमति जुटेको हो । शीर्ष तहमा समझदारी कायम गरी छिटै सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रादेशिक तहमा प्याकेजमा समझदारी गर्ने क्रममा मुख्यमन्त्री चयनमा मोटामोटी सहमति जुटेको छ। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। अब बाँकी प्रदेशका मुख्यमन्त्री हरुमा पनि एकल र आलोपालो चलाउने समझदारी जुटेको छ। जस अनुसार मधेस प्रदेशको मुख्यमन्त्री जसपा र जनमत पार्टीले आलोपालोमा चलाउने, बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालोमा संन्चालन गर्ने, गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले एक्लैले पाउने तथा कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रले एक्लैले पाउने गरी छलफलमा समझदारी भएका छन् । तर यो समझदारीलाई पूर्णता दिन भने बाँकी नै रहेको जानकारी गराएको छ।
उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस