
नारी बाटिका

तनहुँ, माघ ४ वुधवार
अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुद्धारा मंगलवार सफाइ, दिएको छ । जिल्ला अदालत तनहुँले मंगलवार गरिएको फैसल्लामा शाहलाई सफाई दिएको हो । तर अदालतले शाहलाई सफाई दिएको भएता पनि उनी तत्कालै रिहा भने हुने छैनन् ।
बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै मंगलबार जिल्ला न्यायाधीश कमल प्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको पल शाहका कानुन् क्षेत्रमा काम गरिरहेका कमला मोहन वाग्लेले बताउनु भयो । त्येसैगरी जिल्ला अदालत तनहुँले पल शाहका म्यानेजर कृष्ण जोशीलाई समेत सफाइ दिएको छ ।
बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्व अदालतमा शाह माथि छुट्टा छुट्टै मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई सफाई दिन नमिल्ने र वालिका बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजायँको साथै पीडितलाई १० लाख रुपैयाँ क्षति पूर्ति दिनुपर्ने फैसला गरेको थियो ।







प्रतिक्रिया दिनुहोस