आज:  | Wed, 08, May, 2024

बलि दिनको लागी  भारत पुर्याएपछी १६ वर्षे नेपाली  किश्वरीको उद्धार ।

२१ माघ २०७९, शनिबार ०७:३० मा प्रकाशित ( १ साल अघि) ५३६ पाठक संख्या
नारी बाटिका


 

 

काठमाण्डौ , माघ २१ शनिवार

१६ वर्षे नेपाली बालिकाको बलि दिनको लागी भारत पुर्याएपछी मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा उद्धार गरिएको छ । भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको जानकारी गराएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

ब्यूरोले सुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । बालिकालाई तान्त्रिक काम गर्ने बाबासँग भेट गराई तान्त्रिक बाबालाई खुसी हुन सकेमा धेरै पैसा पाईने छ भनिएको रहेछ ।

भारत लानु भन्दा अघाडी बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु तथा बालिका रजस्वला भए नभएको परीक्षण समेत गरिएको रहेछ । , ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

श्रेष्ठका अनुसार बालिकालाई भारत लानु अघि र लगि सकेपछि पनि दुई पटक शारीरिक परीक्षण गरिएको रहेछ । बलि दिनका लागी साठी केजी तौल, पाँच फिट चार इञ्चभन्दा माथि उचाई भएको, शरीरमा कुनै दाग वा टाटु,तथा अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी भई रहेको अबस्थामा उक्त बालिकालाई एक गिरोह द्धारा भेटाइएको अभियुक्तहरु बाट खुलेको प्रहरीको भनाइ रहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक मानिएका बाबासँग केही दिनमा भेटाउने योजना बनाएको रहे छ । तान्त्रिक बाबाको तान्त्रिक विधी अनुसार आगामी पूर्णिमा का दिन बालिकाको बलि चढाउने योजना रहेछ ।

निर्देशक श्रेष्ठका अनुसार बालिकालाई भने आफुलाई बली चढाउनका लागी भारत पुर्याएको बारे केही जानकारी नै नभएको बताउनु भएको छ । दुई महिना देखि अनुसन्धान ब्युरोले बालिकाको खोजी अनुसन्धानमा जुटेको थियो ।

दुई दिनअघि मात्रै एक गोप्य सूचनाको आधारमा बालिकाको उद्धार गरिएको हो ।” पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो । पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो भने पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पु¥याइएको प्रहरीको भनाइ रहेको छ ।

भारत पु¥याएपछि त्यहाँका तीन स्थानमा रहेका तान्त्रिक बाबा संग फरक फरक मितिमा बालिकालाई भेट गराईएको थियो । बालिकाका आमा र बाबुबीचको सम्बन्ध राम्रो नभएका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन । ती बालिकालाई प्रलोभनमा पारी बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले दिनुभयो । प्रहरीको तथ्याङ्क अनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्रै १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको जानकारी गराएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस