आज: २०८३ बैशाख २९, मंगलबार | Tue, 12, May, 2026

दक्षिणकाली सिस्नेरीस्थित सडकमा ईभी गाडी दुर्घटना हुंदा ९ जना घाइते

२०८३ बैशाख २९, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
मकवानपुर -२९ वैशाख ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकमा ईभी गाडी दुर्घटना भइ ९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति अ. ११ स्१० बजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडीको ब्रेक फेल भएपछी सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाईते हुनेमा सबै भारतीय नागरिक हुन् । घाइतेमध्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादव र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक रामवली साहको नेतृत्वको टोलीले उद्धार गरेको थियो। उक्त गाडीमा चालकसहित ११ जना सवार रहेको बताइएको छ ।

तीमध्ये नौ जना भारतीय नागरिक र चालकसहित दुई जना नेपाली नागरिक रहेका थिए। दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौँ तर्फ पठाइएको प्रहरीले जनाएको छ।

ईभी गाडी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ घर भएका ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस