आज: २०८३ आश्विन ९, शुक्रबार | Fri, 25, Sep, 2026

स्याङ्जा पुतलीबजार–४ का वडाध्यक्ष थापा मानव बेचविखनमा फक्राउ

२०८३ बैशाख २९, मंगलबार मा प्रकाशित ( ४ महिना अघि) ८४०२ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
स्याङ्जा -२९ वैशाख ।

स्याङ्जा जिल्लापुतलीबजार नगरपालिका वडा –४ का वडाअध्यक्ष शिवबहादुर थापालटाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षको उजुरीको आधारमा वडाध्यक्ष थापालाई मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट पक्राउ गरेको हो।

२०७९ को स्थानीय तह निर्वाचनमा थापा काँग्रेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएपछी १५ महिना जिम्मेवारीमा रहेर काम गरेपनि २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर सम्पर्क बिहिन अवस्थामा थिए।

सम्पर्क विहिन भएका थापा दुई महिना पहिला मात्र नेपाल फर्किएका थिए। ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै उनीमाथी थप अनुसन्धनन अघि बढ्ने बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑