समाजसेवी चित्र कुमारी भण्डारी द्धारा धादिङवेशीमा सप्ताह ज्ञान,महाँयज्ञ सम्पन्न ।
धादिङ, माघ २५
समाज सेवी एवं धर्मकर्ममा विषेश सर्मपित चित्र कुमारी भण्डारीको निजी निवास धादिङवेशीमा सप्ताह ज्ञान,महाँयज्ञ सम्पन्न भएको छ ।
माघ १४ देखी माघ २२ सम्म चित्र कुमारी भण्डारीको परिवारद्धारा आयोजना गरिएको श्रीमद्भागवत महाँयज्ञ पुजामा प्रमुख वाचक पंन्डित श्री सागर सापकोटा र उपवाचक श्री निलकण्ठ शर्माको मुखराविन्दबाट माघ १५ देखी २१ सम्म प्रवचन र माघ २२ मा होमहमदी गर्ने कार्य भएको थिायो ।
पछिल्लो समयमा विषेश गरी युवा पुस्ताहरुमा धर्म कर्म,,संस्कार र आफ्नो रिति रिवाज भन्दा पनि विदेशी परिवेशको देखासेखीमा रमाउनेहरुको जमात बढ्दो छ । अझै युवा पुस्तमा मात्रै नभएर वृद्धा,बालबालिका हरुमा पनि जन्मदिन,विवाह वर्षगाँठ,नयाँ वर्ष आदीमा मठमन्दिर तिर दर्शन गरी आशिर्वाद लिने तर्फ विश्वास घड्दो छ । ज्ञान,,ध्यान र आजापुजामा जाने प्रचलनको लोप हुदै गईरहेको छ ।
विषेश गरी यतिवेला नेपालका युवा पुस्ताहरुमा साथीभाईहरु संग भेटघाट गरी होटल रेस्टुरेन्टमा गई पार्टी गर्ने परिपाटी बढीरहेको अबस्थामा खर्चिलो र ब्यवस्थापनमा पनि निकै चुौतीपुर्ण रहेको यस्ता महान धार्मिक कार्यमा रुचि राखी समाजसेवी तथा सत्तेवादी धादिङ जिल्ला निलकण्ठ नगरपालिका ३ धादिङवेशी निवासी चित्र कुमारी भण्डारीले आफ्नै निवासमा श्रीमद्भागवत ज्ञान सप्ताह महायज्ञ लगाउनु भएको हो ।
सप्ताह ज्ञान महायज्ञमा प्रमुख वाचक सिन्धुकपाल्चोक जिल्लामा जन्म भई हाल काठमाण्डौ थली निवासी पण्डित सागर सापकोटाले गर्नु भएको थियो ।
तेस्तै पाठ परायण तथा उप वाचकमा धादिङ जिल्ला गल्छी गाउँपालिका निवासी पण्डित निलकण्ठ शर्मा बाट मिठो र सुमधुर लयमा कथा वाचन र भजन किर्तन गाउदा सप्ताहमा आउने भक्तजनमा निकै खुशी र जती सुने पनि सुनु सुनु लाग्ने बनाएको थियो ।
त्यसैगरी संस्कृर्तीमा रहेको ,चण्डी मन्त्र समेतको भजन गायर मनै मुग्ध पारी सवै भक्तजनलाई छमछम नचायर रमाईलो बनाउने साधना गुरु सुर्य थापा मगरको भजन गायन शैली त झन् रोचक थियो ।
वाध्यवादनमा ईन्द्रेणीका वाध्यवादकका टोलीले बाँसुरी,हार्मोयन,तवला,मादल,झुर्माको तालमा पुजामा आउने बालबालिका,,युवा र वृद्धा समेत नाचेर सप्ताहको नौ दिन समय वितेको पत्तै भएन भन्दै े भक्तजनहरुले धारणा व्यत्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस