आज:  | Wed, 08, May, 2024

टर्की र सिरियामा भूकम्पबाट मर्नेको सङ्ख्या २४ हजार नाघ्यो,अझै मृतकको संख्या बड्न सक्ने अनुमान ।

२८ माघ २०७९, शनिबार ०८:२७ मा प्रकाशित ( १ साल अघि) ३३८ पाठक संख्या
नारी बाटिका


 

माघ २८ शनिवार

पाँच दिनअघि गएको टर्की र सिरियाको भूकम्पमा परी मर्नेको संख्या २४ हजार नाघेको अनmेै मृतकको संख्या बड्न सक्ने अनुमान गरिएको छ । हालसम्म भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४  हजार नाघिसकेको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ भने मृत्यु हुनेहरुको सङ्ख्या लगातार बढिरहेको छ ।

भुकम्पपछि राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सी,विभिन्न सामाजिक सेवाका संघ संस्थाहरू दुवै देशमा राहत कार्यमा संलग्न रहने कार्य जारी छ।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । अर्दोगानले सोमबारको भूकम्पपछि सरकारले राहतको काममा अपेक्षित रुपमा तीव्रता दिन नसकेको पनि स्वीकार गरेका छन् ।

घिमेकी देश उता सिरियामा भूकम्प पीडितका लागि गएको राष्ट्रसंघीय राहत टर्कीको क्रसिङ प्वाइन्टमा पुगेको छ । तर राहत सामग्री ढिलो आउनुको कारणले राहतकर्मीमा निराशा छाएकोछ ।

सिरियाको नागरिक रक्षा संगठन ह्वाइट हेल्मेट्सले सिरियाको अवस्था ‘धेरै विनाशकारी’ भएको बताएको छ।दुबै देशका उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका घाईतेलाई खोज्न सक्दो प्रयास गरिरहेका छन्। तर, अहिले पुरिएकाहरुको बाँच्ने आशा भने कमै छ ।

तर अलिकती आशा लाग्दो अवस्था पनि भइरहेका छन्। त्यो उदाहरण हो टर्कीको दक्षिणी हाते प्रान्तमा एउटा पाँच तले भवनमा पुरिएका छ जना घाईतेहरु लाई उद्धार टोलीले जिउँदै बाहिर निकालिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस