आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

आगमी चैत्र ५ मा नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन हुने

२०७९ फागुन १४, आईतबार मा प्रकाशित ( २ साल अघि) ४८१४ पटक पढिएको
नारी बाटिका


आगमी चैत्र ५ मा नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन हुने

धादिङ,१४ फागुन आईतवार ।

आगमी चैत्र ५ मा नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्य तालिका अनुसार समानुपातिक र प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता फागुन २६ गतेलाई तोकिएको छ ।

विगत १४ वर्षदेखि नियमित रुपमा हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्को गत पुस २२ मा बसेको बैठकले आगामी चैत ५ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । यस्तै कार्य तालिकाअनुसार निलकण्ठ बहुमुखी क्याम्पसमा मतदान चैत ५ गते बिहान ७ बजेदेखि दिउँसो २ बजे सम्म हुने भएको हो ।

निर्वाचनको कार्यतालिका अनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ,सङ्गठन दर्ता गर्ने,फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध गर्ने समय तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयन पत्र वितरण गर्ने, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने कार्य तालिकामा तोकिएको छ ।

यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बेलुकी ५ बजे भित्र उम्मेदवारको नामावली माथि दाबी–विरोध र फागुन २९ गते दिउसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । क्याम्पसले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजे सम्म समय निर्धारण गरिएको र त्यस पछिको समय भने मौन अवधी शुरु हुने भएकोे छ ।

त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने छन् । निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका पारित गरिसकेको छ ।

यस्तै अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने, उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एक देखि एक हजार सम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एक देखि तीन हजार सम्म भए १९ जनाको र तीन हजार एक देखि पाँच हजार सम्म २१ सदस्यीय कार्यसमिति हुने निर्वाचन कार्यविधी ब्यवस्थामा उल्लेख गरिएको छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशक देखि हुन सकेको थिएन । दुई–दुई वर्षमा हुनु पर्ने निर्वाचन २०६५ सालदेखी नियमित हुन नसकेकोमा २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षको अवधीमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस