आज: २०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

माओवादी केन्द्रको पालिका स्तरिय संयुक्त प्रशिक्षण तथा कार्यकर्ता भेला सम्पनन

२०७९ चैत्र १८, शनिबार मा प्रकाशित ( ३ साल अघि) ११५२५ पटक पढिएको
नारी बाटिका


धादिङ ,१८ चैत

नेकपा माओवादी केन्द्रको पालिका स्तरिय संयुक्त प्रशिक्षण तथा कार्यकर्ता भेला सम्पनन भएको छ । धादिङ जिल्लाको सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका स्तरिय संयुक्त प्रशिक्षण तथा कार्यकर्ता भेला धादिङ मलेखुमा सम्पन्न भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको हो ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी विकासको मुल धारको पार्टी भएकोले जनताले खोजेको विकास योजना तल्लो कमिटी देखि नै योजना बनाई काम गर्छ भन्नेमा जनतालाई विस्वस्त बनाउनु पर्ने बताउनु भएको छ ।

माओवादी पार्टीले जनताको मागलाई सम्बोधन गरेर काम गर्नु पर्ने वताउदै उहाँले पार्टी संगठनलाई बलियो बनाउनको लागि कार्यकर्ता सबैलाई अनुरोध समेत गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस