आज:  | Sun, 19, May, 2024

फेरी कोरोनाको लहर तिव्रगतिमा फैलदै,समुदायस्तरमै सङ्क्रमण पुगेको अनुमान

२५ चैत्र २०७९, शनिबार १७:१५ मा प्रकाशित ( १ साल अघि) ३७५ पाठक संख्या
नारी बाटिका


चैत २५ शनिवार

विश्वको केही मुलुक संगै नेपालमा पनि कोरोना भाईरस तिव्रगतिमा फैलदै,फेरी कोरोनाको लहरले गति लिने सम्भावना बढेकोले सङ्क्रमण समुदायस्तरमै पुगिसकेको अनुमान गरिएको छ । पछिल्लो समयमा भारतका केही ठाउँहरुमा कोरोनाका बिरामी बढे सँगे नेपालमा पनि त्यसको असर देखिन थालिसकेको छ । नेपाल भारत खुला सिमानाका कारण भारतमा कोरोना का सक्रमित बढ्दा नेपालमा पनि सङ्क्रमण दर बढ्ने गरेको छ ।

रोजगारीका लागी नेपालबाट भारत जाने नेपालीको संख्या धेरै छन् । भारतमा कोरोनाका विरामी बढ्दै गएपछी कतिपय नेपालीहरु स्वदेश फर्कने गछन् र उनिहरुको साथमा संगसंगै सक्रमण पनि भित्रने उच्च जोखिम रहन्छ । हिजो मात्रै नेपाल भर ९९ जनामा कोरोना भाईरसको सङ्क्रमण देखिएको थियो । विज्ञहरूले भने यो तथ्याङ्क भन्दा सङ्क्रमणको संख्याअझ बढी हुन सक्ने अनुमान गरेका छन् ।

शङ्का लागेर जँचाउन पुगेका र अस्पतालमा भर्ना भएकाहरूको तथ्याङ्क मात्रै सरकारले प्रस्तुत गर्ने भएकाले वास्तविकता अझ बढी हुन सक्ने उनिहरूको अनुमान छ ।सङ्क्रामक रोग विशेषज्ञ डा। शेरवहादुर पुनले सङ्क्रमण समुदाय स्तरमै पुगेकाले सचेत रहन आग्रह गर्नु भएको छ ।

यो समयमा हुने मौसमी रुघाखोकी र कोरोना भाईरसको लक्षण मिल्दो जुल्दो भएकाले लक्षण देखिना साथ छुट्टै बस्न र जाँच गराउन उहाँले आग्रह गर्नु भयो । रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, स्वाद नआउने, ज्वरो आउने जस्ता लक्षण देखिए तुरुन्तै जाँच गराउन सम्पुर्ण नागरिकहरुमा उहाँले अनुरोध गर्नु भएको छ ।

यसअघि कोरोनाको दुई मात्रा खोप लगाएका व्यक्ती सङ्क्रमित भएपनि अस्पताल पुग्नु पर्ने सम्भावना कम देखिएकाले कम्तिमा दुई मात्रा खोप लगाउन उहाँले सुझाव दिनुभयो । नेपालमा कोरोना सङ्क्रमण समुदायस्तरमै पुगिसकेको अनुमान गरिएको छ ।

पछिल्लो समय भारतमा कोरोनाका बिरामी बढे सँगे नेपालमा पनि त्यसको असर देखिएको छ । खुला सिमानाका कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि सङ्क्रमण दर बढ्ने गरेकोले यसको जोखिम पनि बढिरहेको छ ।

केही दिन अगाडी सम्म सुन्य जस्तै भएको कोरोना सक्रमितको संख्या हिजो मात्रै नेपाल भर ९९ जनामा कोरोना भाईरसको सङ्क्रमण देखिएको थियो । विज्ञहरूले भने सङ्क्रमण दर यो तथ्याङ्क भन्दा अझ बढी हुन सक्ने अनुमान गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस