
बिबियु,नारी वाटिका डट्कम जस्तो
धादिङ -१० भदौ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभा बैठकमा ११ जना सांसदले सोधेका प्रश्नको जवाफ दिँदै छन्।
सरकार बनेदेखी जम्मा एक पटक मात्रै प्रतिनिधिसभा बैठकमा पुगेका प्रधानमन्त्री बालेन शाहलाई अन्ततः सभामुख डोलप्रशाद अर्यालको कडा निर्देशनमा अनिवार्य उपस्थिति हुन पर्ने भएको छ ।
संसद् सचिवालयका अनुसार आज दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिनै पर्ने वाध्यता रहेको हो ।
पाँच महिनादेखी यसै सवालमा अड्किएको प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा रहेका ११ जना संघीय सांसदहरुले आज प्रधानमन्त्री बालेन्द्र शाहसंग सवाल जवाफ गर्न पाउने भएका हुन्।
सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई आज संसद्मै उभ्याएर कार्यपालिकालाई जवाफदेही बनाउँदै यस अभ्यासमा भारतसँगको सीमा विवाद, सुशासन र समसामयिक राजनीतिकका सवाल प्रमुख हुन सक्ने अनुमान गरिएको छ।
प्रधानमन्त्रीको खोजीमा हालसम्म विवादित रहेको प्रतिनिधिसभा बैठक संन्चालन गर्नै सभामुखलाई चुनौति थपिएपछी गत १ गते सभामुख अर्यालले संसद्मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई कडा रुपमा रूलिङ गरेका थिए। सोही अनुसार प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आजबाट आउन लागेका हुन्।
तर कालो चस्मा लगाएर संसद बैठकमा आउन नपाइने रूलिङ गरिएको भएतापनि नेपाली सेना छाउनी अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टसहित प्रधानमन्त्रीले कालो चस्मा लगाउनै पर्ने भन्दै पत्रसमेत संघीय संसद् सचिवालयमा पठाई सकेका छन् ।












प्रतिक्रिया दिनुहोस