आज:  | Sun, 19, May, 2024

‘युवा’को उमेर घटाई १६ देखी ३५ वर्ष सम्म बनाउन सम्वन्धित पक्षबिच प्रस्ताव

२८ चैत्र २०७९, मंगलवार ०८:०९ मा प्रकाशित ( १ साल अघि) ३४८ पाठक संख्या
नारी बाटिका


काठमाडौं चैत २८ मंगलवार ।

युवा’को उमेर घटाई १६ देखी ३५ वर्ष सम्मलाई मात्र निर्धारण गर्नको लागी सम्वन्धित पक्षबिच प्रस्ताव गर्न छलफल भएको छ। नेपालमा युवाको उमेर घटाउने बारेमा सरकारी र सरोकारवाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउने बारे छलफल सुरु भएको हो।

अहिले १६ देखि ४० वर्षकालाई युवा अवस्था मानिँदै आएकोमा अब १६ देखि ३५ वर्ष सम्मलाई मात्र कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनु भएको छ ।

‘संयुक्त राष्ट्रसंघ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने बारेमा छलफल सुरु भएको हो ’, उहाँले भन्नु भयो, ‘१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको छ । यस विषयमा चाँडै नै निष्कर्षमा पुग्नेछौं ।’

विभिन्न देशमा युवाको परिभाषा पनि फरक फरक रहेको छ। भारतमा १६ देखि २९ वर्ष, चीनमा १८ देखि ३५ वर्ष, बंगलादेश र फिलिपिन्समा १५ देखि ३० वर्ष, जर्मनीमा १४ देखि २६ वर्ष, दक्षिण अफ्रिकामा १५ देखि २९ वर्षका उमेर समूहलाई युवा भन्ने गरिएको छ।

नेपालमा पनि सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता आउन सकेको छैन। ‘युथ भिजन–२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूह गत प्राथमिकता निर्धारण गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस