आज:  | Wed, 24, Apr, 2024

यसै साता वैशाख ५ देखि एसीसी प्रिमियर कप हुँदै, साथमा नेपालको खेल तालिका

३ बैशाख २०८०, आईतवार ०८:३० मा प्रकाशित ( १ साल अघि) २७८ पाठक संख्या
नारी बाटिका


काठमाण्डो ३ वैशाख आइतवार

यसै साता वैशाख ५ देखि एसीसी प्रिमियर कप हुने भएको छ । ,नेपालको खेल तालिका भने यस्तो छ । एसीसी प्रिमियर कप आगमी मङ्गलवार वैशाख ५ देखि १८ गते सम्म कीर्तिपुर र मूलपानीको खेल मैदानमा हुँदैछ । पहिलो खेल समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन रहेका छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीको खेल मैदानमा खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ ।

नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता भएका टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुन गैरहेको एसिया कप खेल्न पाउनेछ भने शीर्ष तीन टोलीले जुलाईमा हुन गैरहेको एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस