आज:  | Sun, 19, May, 2024

चरौंदी बजारमा दोस्रो औद्योगीक तथा पर्यटन मेला– २०८० हुने

३ बैशाख २०८०, आईतवार २०:१२ मा प्रकाशित ( १ साल अघि) ४०५ पाठक संख्या
नारी बाटिका


धादिङ – ३ बैशाख आइतवार ।

होटल संघ धादिङको आयोजनामा, यहि बैशाख १४ देखि २४ गते सम्म धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा ७ स्थित चरौंदी बजारमा दोस्रो औद्योगीक तथा पर्यटन मेला– २०८० हुने भएको छ । जिल्ला होटल संघ धादिङको आयोजना र नारायणी फेयर एक्जिवेसन नेपाल चितवनको व्यवस्थापनमा औद्योगीक तथा पर्यटन मेला हुन लागेको हो ।

धादिङ जिल्लाको फलफुल तथा तरकारी पकेट क्षेत्रको रुपमा परिचित र पृथ्वी राजमार्गमा पर्ने चरौंदी बजारमा हुने यस दोस्रो औद्योगीक तथा पर्यटन मेला स्थानिय स्तरमा उत्पादन हुने औद्योगीक सामानहरु प्रदशनीमा राखिने भएको छ । त्यस्तै मेलामा विशेष गरि चेपाङ जातीको नमुना घर, भेष भुसा, कला संस्कृति, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरुको प्रर्दशनी, त्रिशुली नदिमा ¥याफ्टीङ, क्यानोनिङ सहित ख्यातीप्राप्त स्थानिय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

त्यस्तै उक्त औद्योगीक महोत्सव स्थलमा आफ्नो व्यापार व्यवशाय गर्न चाहाने ब्यवशायिक हरुको लागि आयोजक तथा व्यवस्थापन टिमले स्टल बुकिङको लागि सार्वजनिक रुपमा आह्वान पनि गरिसकेको छ । महोत्सव स्थलमा व्यवसायिक, कृषि उपज, औजार, घरेलु हस्त कलाका सामाग्रीहरु, बाल उद्यायन, सहितका विभिन्न किसिमका सामान विक्रि विरणको लागी स्टलहरु रहनेछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस