आज:  | Fri, 19, Apr, 2024

वैशाख ७ गतेको सूर्यग्रहणले नेपाललाई वाधा पुर्याउँदैन ; नेपाल पञ्चाङ्ग समिती

५ बैशाख २०८०, मंगलवार ०८:४४ मा प्रकाशित ( १ साल अघि) ३९० पाठक संख्या
नारी बाटिका


काठमाण्डौ ५ वैशाख मंगलवार ।

वैशाख ७ गते लाग्ने सूर्यग्रहणले नेपालबाट नदेखिने भएको हुदा यसको दोष र वाधा नेपाललाई नलाग्ने नेपाल पञ्चाङ्ग समितीले जनाएको छ । वैशाख ७ गते कृष्ण औँसीका दिन लाग्ने यो सूर्यग्रहणले नेपाललाई कुनै वाधा नपार्ने, यसको दोष पनि लाग्दैन , र नेपालबाट नदेखिने कुरा नेपाल पञ्चाङ्ग समितीले जानकारी गराएको हो ।

नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनु भएको हो । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहणहरु नेपालीले बार्नु नपर्ने उहाँले बताउनु भयो । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन भन्नु भएको छ ।

तर कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस