आज:  | Wed, 24, Apr, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा आन्दोलनरत मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न माग

५ बैशाख २०८०, मंगलवार १९:४३ मा प्रकाशित ( १ साल अघि) २६७ पाठक संख्या
नारी बाटिका


धादिङ – ५ बैशाख मंगलवार ।

आन्दोलनरत मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्नका लागी आज राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार संग माग गरेको छ । मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय मागी अध्यक्ष लिङदेनले यस्तो माग राख्नु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रतराईमा आन्दोलनरत हरुवाचरुवाको माग समेत तत्काल सम्बोधन गर्न माग गर्नु भएको हो ।

उक्त मागको तत्काल सम्बोधन नगरे राप्रपा सरकार विरुद्ध सडक संघर्षमा जाने समेत बताउनु भएको छ । साथै उहाँले मिटरब्याज पीडितहरुको मागलाई यथोचित सम्बोधन गर्नुको साटो सरकारले उनीहरु माथि निर्मम ढंगले दमन र आक्रमण गरेको भन्दै निन्दा र भत्सर्ना समेत गर्नु भएको छ ।

नेपाली समाजमा गरिबहरुको, सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौं भनेर सपना बाँड्ने नेकपा माओवादी पार्टी र उसको नेतृत्वमा रहेको पटक पटकको सरकारले नै गरिब र निमुखा माथि बर्बर आक्रमण किन गरेको भन्दै प्रश्न सतेत गर्नु भयो ।

केही समय अघिदेखि आन्दोलनरत मिटरब्याज पीडितहरु र पुर्नस्थापनाको माग राखी तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरुको मागलाई सरकारले समयमै सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस