आज:  | Thu, 18, Apr, 2024

सरकारलाई दिएको समर्थन बारे समीक्षा गर्छौं लामिछाने

१५ बैशाख २०८०, शुक्रबार १३:४८ मा प्रकाशित ( ११ महिना अघि) ३४१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ — वैशाख १५ सुक्रवार
नारी वाटिका संवाददाता

सरकारलाई दिएको समर्थन बारे गम्भिर समीक्षा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वताउनु भएको छ । उप निर्वाचन चितवन क्षेत्र न.ं २ बाट पुन ः भारी मतले विजयी हाँशिल गरे संगै आज शुक्रबार सांसद पदको शपथ लिए पछि सञ्चारकर्मी हरूसँग कुरा गर्दै यस्तो वताउनु भएको हो ।

सरकारले न्युनतम साझा कार्यक्रममा आफूहरुले भनेका विषयहरु नसमेटेकाले अब सरकारलाई दिएको समर्थन बारे नै गम्भीर भएर समीक्षा गर्ने बताएका हुन् ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने बारे सोधिएको प्रश्नमा लामिछानेले अहिले तत्कालै सरकारमा सहभागी हुने बारे नसोचेको र त्यस्तो वातावरण नरहेको उल्लेख गरेका छन् ।

सरकारमा जाने विषयमा हामीले सोच्ने कुरा छैन । अहिले त्यस्तो वातावरण पनि छैन । सरकारलाई दिएको समर्थन गर्नेबारे चाहिँ छलफल गर्नु पर्नेछ । कयौं आपत्ति जनक घटनाक्रम भएका छन् ।

यसलाई समीक्षा गर्नुपर्छ लामिछानेले भने, हामीलाई मतदाताले निश्चित म्यान्डेट दिएर पठाएका छन् । भ्रष्ट्राचारको छानबिन गर्ने विषय सरकारले न्युनमत साझा कार्यक्रमबाटै हटाएको आरोप समेत लगाएका छन् ।

सरकार परिवर्तनको सम्भावनाको खोजी रास्वपाले आफैं चाहिँ नगर्ने बताएका छन् तर अस्थिरता नहोस् भन्ने मानयता राख्दा राख्दै पनि जे जस्तो अवस्थामा पनि हामीले समर्थन गरि राख्नु पर्छ भन्ने छैन लामिछानेले भनेका छन् ।

रास्वपाका सांसद स्वर्णिम वाग्लेले पनि स्थिरताका नाममा कुनै पनि असक्षम सरकारलाई बोकेर हिँडी राख्नु नपर्ने, सर्व कालिन र सर्व व्यापी मान्यता रहेको बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस