आज:  | Fri, 19, Apr, 2024

भोली वैशाख १६ मा चक्रदेवी युवा क्लबको भवन तथा खेल मैदान उद्घाटन कार्यक्रम हुने

१५ बैशाख २०८०, शुक्रबार १९:३६ मा प्रकाशित ( ११ महिना अघि) ३१४ पाठक संख्या
नारी बाटिका


धादिङ ,१५ बैशाख ।

भोली वैशाख १६ मा ज्वालामुखी गाउँपालिका ३ मा नवनिर्मित चक्रदेवी युवा क्लबको भवन तथा खेल मैदानको निर्माण कार्य सम्पन्न भइ उद्घाटन हुने भएको छ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका ३ मा निर्माण गरिएको चक्रदेवी युवा क्लबको भवन तथा खेल मैदानको भोली शनिवार अर्थात बैशाख १६ गते उद्घाटन कार्यक्रम हुने भएको हो ।

स्थानिय युवाहरुको सहभागितामा स्थापना भएको चक्रदेवी युवा क्लबको नवनिमित भवनबाट क्लव संन्चालन भई गाउँको सामाजिक विकासमा टेवा पुर्याउन तथा खेलकुदको विकास गर्नका लागी युवाहरुकै सक्रियतामा निर्माण गरिएको उक्त भवनको शनिवार एक कार्यक्रमका बिच प्रदेश सांसद गोविन्द लम्सालद्धारा भवन तथा खेल मैदानको उद्घाटन गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम सहित हुने भएकोले उपस्थित हुनको लागि क्लबले सबैलाई अनुरोध गरेको छ।चक्रदेवी युवा क्लवले स्थापना कालको छोटो समयमा क्लबले जनचेतना मुलक कार्यक्रम सहित विभिन्न कार्यँक्रम गर्न सफल भएको अध्यक्ष कुल बहादुर झ्यारी मगरले वताउनु दिनु भएको छ ।

प्रदेश सांसद गोविन्द लम्साल,गाउँपालिका,क्लबका पदाधिकारी,बिदेशमा बस्ने मैदीबासी तथा स्थानीयको सहयोगमा क्लबको भवन तथा खेल मैदान निर्माण गर्न सफल भएको क्लबले जानकारी दिएको छ। समाजमा हुने विकृर्ती र विसंगती न्युनिकरण गर्नको लागी विभिन्न जनचेतना मुलक सामाजिक कार्य गर्ने उदेश्यले क्लबको स्थापना गरीएको आयोजक संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस