
नारी बाटिका
धादिङ,२३ बैशाख ।
आज देखि निलकण्ठ नगरपालिका ३ र १२ को दोसाँधमा वग्ने धादिङवेशी स्थित आँसि खोलाको दोभानमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ ।
नीलकण्ठ नगरपालिका वडा न ३,८ र १२ को संगम आँसी खोलाको दोभानमा मरणघाट निर्माण तथा परेवाटारमा चारधाम निर्माण गर्ने उदेस्यले संन्चालित उक्त श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगार्थ एवं पितृउद्धारार्थ कामना गर्नको लागी भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।
धादिङ जिल्लाको ज्वाmामुखी गाँउपालिका ढोलामा जन्मिएका उत्तम भट्टको सक्रिएतामा स्थापना गरिएको उत्तम फाउन्डेश द्धारा आयोजित धार्मिक महोत्सवमा प्रत्येक परिवार बाट २१ कुलका पितृहरुको नाममा बत्ति बाल्ने कार्यक्रम समेत रहेको आयोजकले जानकारी गराएको छ
।
वालतपस्वी श्री उत्तम भट्ट महाराज बाट कथा बाचनहुने कार्यक्रम यहि बैशाख ३० गते सम्म संचालन हुदै छ । बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म लाग्ने धार्मिक महोत्सवमा बैशाख २३ गते अर्थात आजदेखी आँसी खोला दोभानमा बिहान ९ बजे आसिखोला बाट सिरान बजार हुँदै आसिखोला सम्म कलशयात्राको कार्यक्रम रहेको थियो ।
त्येसैगरी महायज्ञका कार्यक्रम आजदेखी बैशाख ३० गते सम्म संचालन हुने भएकोले सम्पुर्ण भक्तजनहरुमा सहभागी भई पुण्य कमाउन आयोजकले सवैलाई आग्रह समेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस