आज: २०८३ आश्विन ८, बिहिबार | Thu, 24, Sep, 2026

तीन दिनसम्म मुसलधारे वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन ८, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) १८७ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटीका डट्कम
धादिङ – असोज ।

नागपुरबाट देशैभर भित्रिँदै गरेको मनसुनी वायु प्रणालीको कारण आजैदेखी देशका केही स्थानमा अति भारी’ वर्षा हुने भएकाले यसको जोखिमबाट बच्नको लागी आवाश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज बेलुकादेखि देशैभर अत्यधिक वर्षा हुने अनुमान गरिएको छ । भारी वर्षा गराउने मनसुनी वायु प्रणाली नेपालको भैरहवाबाट प्रवेश गर्ने यस प्रर्णालीले २ सयदेखि ४ सय मिलिमिटरसम्मको वर्षा गराउने पुर्वानुमान गरिएको हो ।

भारी वर्षाका कारण बाढी पहिरोको उच्च जोखिम रहेका पूर्वानुमान महाशाखाले विभिन्न जिल्लाका नदी तथा सहायक नदीहरूमा बहाव उल्लेख्य नीय रूपमा बढ्ने जनाएको छ।

आज बिहिबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्यनीय रुपमा बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहन सक्ने पुर्व जानकारी गराएको हो ।

त्यसैगरी,सिन्धुली, ओखलढुगां, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट र आसपासका जिल्लाका पनि स(साना नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने संकेत गरिएको छ।

महाशाखाले पाल्पा, कपिलवस्तु, अर्घाखांची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्लाका स(साना नदीहरूको बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस