
बिबियु,नारी वाटीका डट्कम
धादिङ- ९ असोज ।
धादिङको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ठूलो ढुङ्गा सहितको पहिरो खर्सेर दुबै तर्फको सडक अवरुद्ध भएको छ। दुई दिनदेखी लगातार भैइरहेको वर्षासँगै गएराति उक्त क्षेत्रमा माथिबाट ठूला ढुङ्गासहितको पहिरो खसेको हो ।
faddfe3a-f812-4870-bee0-cfa0a2f540d1
बिहिबार जिल्ला प्रशासन कार्यालय धादिङले गएराति ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएका कारण यातायात सञ्चालन रोक लगाएको थियो । जसका कारण कुनै क्षति भने पाएन ।
यसका साथै कृषभिरमा केही दिनअघि मात्रै त्रिशुली बाढीले भासिएको सडकमाथीबाट पहाडलाई कटान गरी सडक निर्माण गरेर सडक संन्चालनमा ल्याइएको थियो । 
तर गएराति सोही स्थाथनमा पर्खाल तथा ग्याबिन बनाएर मर्मत सुधार गरिएको स्थानमै सडकमा पहिरो समेत खसेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताउनु भयो । हाल घटना स्थलमा पहिरो पन्छाउन र सडक खुलाउन नेपाल प्रहरी लगायतको सुरक्षा टोलीले निरनतर प्रयास गरिरहेको छ ।
दुई दिनदेखीको निरनतरको वर्षाले अन्य ठाउँका सडकहरुमा समेत क्षति पुर्याएको अवस्था छ । मौसमविद्हरुले गरिएका पुर्वानुमान अनुसार अझै भारी वर्षा हुन सक्ने सम्भावना पनि जारी रहेकाले यात्रु तथा चालकहरूलाई सावधानी अपनाउन सम्वन्धित निकायले सुझाव दिएको छ ।
यस्तै,जल तथा मौसम विज्ञान विभागले अध्यावधि गरेको सुचनाको अनुसार प्रकाशित समचार,पत्र पत्रिकाबाट जानकारी लिन पनि अनुरोध छ । साथै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा समेन्त्रद्वारा जारी गरेका सूचना तथा आग्रहको पालना गर्न पनि सुचित गरिन्छ।












प्रतिक्रिया दिनुहोस