आज: २०८३ आश्विन ९, शुक्रबार | Fri, 25, Sep, 2026

सम्भावित बाढी, पहिरोको जोखिमबाट धनजनको क्षति हुन नदिन सम्वन्धित समेत्रको पुर्व तयारी

२०८३ आश्विन ९, शुक्रबार मा प्रकाशित ( १२ मिनेट अघि) १  पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ- ९ असोज ।
देशभर जारी लगातार वर्षा भइरहेको छ ।

निरनतरको वर्षाका कारण सम्भावित बाढी, पहिरोको जोखिमबाट धनजनको क्षति हुन नदिन पुर्व तयारीका साथ संघीय,प्रदेश तथा स्थानीय सरकारको समेतको समेन्त्रहरुले पूर्वतयारी तथा प्रतिकार्यलाई तीव्रता दिएको छ।

यही असोज ८ गतेदेखी ११ गतेसम्म देशभर भइरहेको लगातारको वर्षाले हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल टेलिकम मार्फत नागरिकलाई दिएको पुर्व सुचना प्रभावकारी बनेको छ ।

यसैगरी,सरकारका मन्त्रालय र तिनका मातहतका निकायहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको र विपद् प्रतिकार्यका लागि आवश्यक स्रोत(साधन प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्ने सरकारले जनाएको छ ।

विपद्को जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्दै सुरक्षा समिति मार्फत नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई हाइअलर्टमा राख्न निर्देशन दिएको छ।

यसका साथै बाढी आउन सक्ने नदी तटीय क्षेत्रमा माइकिङ गरी सचेत गराउने र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र पहिरो प्रभावित सडकखण्ड नजिक डोजर तथा एक्स्काभेटर उपकरणहरुलाई २४ सै घण्टा तयारी अवस्थामा राखेको सुरक्षा समेन्त्रले बताएको छ ।

यस्तै,रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ९ देखि ११ गतेसम्मका लागी पुर्व निर्धारित परीक्षाहरू स्थगित गर्दै स्थानीय तहको समन्वयमा विद्यालय बिदा दिन सकिने र सुरक्षित भवनहरूलाई अस्थायी आश्रयस्थल बनाउन सहजीकण भनेको छ।

यो समयमा नागरिक सेवा सहज बनाउन भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले असोज ११ गतेसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीहरूलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतहरूलाई अनिवार्य रूपमा सम्पर्कमा रहन निर्देशन दिएको छ।

जल तथा मौसम विज्ञान विभागले सुचना जारी गरी देशका नदीहरूमा ५ दिन र साना नदीहरूमा ४८ घण्टा अगावै बाढीको पूर्वसूचना पाउने व्यवस्था मिलाएको बताएको छ।

आपत्कालीन अवस्थामा जल तथा मौसम विज्ञान विभागको ११५५, जिल्ला आपत्कालीन केन्द्रको १२३४, हेलो सरकारको ११११, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न पनि भनेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑