आज:  | Fri, 26, Apr, 2024

बैंक तथा वित्तिय संस्थाहरुमा तीन तीन महिनाको बेसरेटकोे आधारमा कर्जाको ब्याजदर हेरफेर गरिने

२६ बैशाख २०८०, मंगलवार १८:५७ मा प्रकाशित ( ११ महिना अघि) ३०७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ २६ वैशाख

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुमा तीन तीन महिनाको बेसरेटकोे आधारमा कर्जाको ब्याजदर पनि हेरफेर गर्न सकिने  निर्देशन जारी गरेको छ । ‘इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर एभरेज बेसरेट का आधारमा प्रत्येक महिनामा ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । “कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमाभित्र रहेर मासिक रुपमा कर्जा लगानीको ब्याजदर परिवर्तन गर्नु पर्नेछ ।”,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ।

“तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तन भन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्ने छैन ।” पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने रनहुने बारे बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा ऋणीलाई जानकारी दिनु पर्ने हुन्छ ।

पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुनेर नहुने बारे बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा ऋणीलाई जानकारी दिनु पर्नेछ । त्यस्तै कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रबाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले लागू गरेको छ ।

आधारदर निर्धारण सम्बन्धी कार्य विधि, २०६९ बमोजिम मासिक रुपले आधार दर गणना गरी उक्त विवरण महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नु पर्ने व्यवस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार मासिक तथा पछिल्लो तीन महिनाको औसत आधारदर बैंक तथा वित्तीय संस्थाले आफ्नो वेभसाइटमा समेत प्रकाशित गरी नागरिक सामु सुचना प्रभाह गर्नु पर्नेछ ।

व्यक्तिगत वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने व्यवस्था गरेको हो । ग्राहकलाई प्रदान गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत बिन्दुले प्रिमियम थप गर्न पाउँने समेत ब्यवस्था गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस