आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

प्रतिनिधिसभाको आज बस्ने बैठकमा भ्रष्टाचार निवारण विधेयक पेस गरिने

२०८० जेष्ठ १, सोमबार मा प्रकाशित ( २ साल अघि) ८६२९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ – जेठ १ शोमवार

प्रतिनिधि सभाको आज बस्ने बैठकमा भ्रष्टाचार निवारण सम्वन्धि विधेयक पेस गरिने भएको छ । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा पेश गर्नका लागि दुई वटा विषयको कार्य सूची राखिने भएको छ।

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वरा भ्रष्टाचार निवारण (पहिलो) संशोधन विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । तर यो विधेयक भने राष्ट्रिय सभाबाट पहिले नै पारित भइसकेको छ।

साथै संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा आजको बैठकले शोक प्रस्ताव समेत पारित गर्ने कार्यसूची रहेको छ। नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस