आज:  | Sat, 20, Apr, 2024

निलकण्ठ नगरपालिकाद्वारा  पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा सभा कार्यक्रम

१३ जेष्ठ २०८०, शनिबार १६:३९ मा प्रकाशित ( १0 महिना अघि) ६४६ पाठक संख्या
नारी बाटिका


धादिङ १३ जेठ शनिवार ।

नीलकण्ठ नगरपालिका  स्वास्थ्य शाखाले शनिवार आयोजना गरेको एक कार्यक्रमकाबिच  नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाको १४ वटै वडालाइ पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा गर्नु भएको हो ।  नगरपालिकाद्वारा  पालिकाको १ देखी १४ वटै वडालाई पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा गरेको छ । निलकण्ठ नगरपालिका मेयर एव्ं नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम प्रशाद ढुंगानाको अध्यक्ष्यतामा पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा सभा कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला समन्वय समितीका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा नगरपालिकाका १४ वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा बोल्नु हुंदै नगरपालिका प्रमुख भिम प्रशाद ढुंगानाले भन्नु भयो हामी भौतिक बिकासमा बढी ध्यान दिने गर्दथ्यौ ।

तर नागरिकका नैसर्गिक अधिकार भित्र पर्ने गुणस्तरिय शिक्षा,स्वास्थ्यमा विषेश ध्यान दिनु पर्ने रहेछ भन्ने उदेस्यले यस नगरपालिकाले मानविय बिकास र भौतिक बिकासलाई संघसगै काम गरिरहेका छौं यसै कारणले पनि आज हामी निलकण्ठ नगरपालिकाको १४ वडाका वालवालिकालाई आवश्यक खोप समयमै उपलव्ध गरायर, आज हामी पुर्ण खोप युक्त वडा तथा पालिका बनाउन सफल भएका छौं ।

यो नगरवासीको लागी खुशीको कुरा हो । यसको लागी सम्पुर्ण नगरपालिकाका स्वास्थ्यकर्मीहरु लगायत सरोकाररवालाहरुमा धन्यवाद दिन चाहान्छु । नगरपालिकाले नागरिकका स्वास्थ्यमा विषेश चासोका साथ सेवा प्रभाह गर्न स्वास्थ्यकर्मीलाई आग्रह पनि गर्नु भएको छ ।

यस्तै नगरपालिकाभित्र नयाँ जन्मने वालवालिकालाई समयमै खोप उपलव्ध गराउन आफु प्रतिबद्ध रहेको घोषणा समेत गर्नु भयो ।उक्त कार्यक्रममा कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा,सहायक प्रमुख जिल्ला अधिकारी,स्वास्थ्य विभागका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा धादिङ अस्पतालका प्रमुख,जिल्ला स्वास्थ्य कार्यलयका स्वास्थ्य प्रमुख,निलकण्ठ नगरपापालिका अन्तर्रगतका स्वास्थ्य इकाइहरु,खोप केन्द्रन्का   स्वास्थ्यकर्मीहरु,स्वास्थ्य स्वयंसेविकाहरु, गैसस महासंघका उपाध्यक्ष,नगरपालिकाका कर्मचारीहर,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

 

 

नगरपालिका स्वास्थ्य कर्मी शिवरानोc संन्चालन गर्नु भएको उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्र रहेका १६ महिनादेखी २३ महिना सम्मका ११ सय २१ जना बालबालिकाले पुर्णखोप पाइसकेको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो ।

त्यस्तै उक्त घोषणा सभा कार्यक्रम नगरपालिकाका  १४ वटै वडाका वडाध्यक्षहरुलाई वडाभित्रका वालवालिकाशरुलाई समयमै खोप उपलव्ध गरायर कार्यक्रम प्रभावकारी रुपमा संन्चालन गर्नको लागिपरेकोले पुर्ण खोप नगरपालिका घोषणा गर्न सफल भएकोमा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस