आज:  | Thu, 18, Apr, 2024

आज पाँच जनामा कोरोना संक्रमण पुष्टि

१३ जेष्ठ २०८०, शनिबार १९:४८ मा प्रकाशित ( १0 महिना अघि) ३७७ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ जेठ शरिवार ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा थप पाँच जनामा संक्रमण पुष्टि भएको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

तर यस २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चार जनालाई उपचार पछि डिस्चार्ज गरिएको जानकारी गराएको छ । मन्त्रालयका अनुसार हाल सम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने कोरोना सक्रमणबाट मुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस