
नारी बाटिका
धादिङ १७ जेठ
धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका २ जौलाखाई बस्ने आमा छोराको भिरबाट लडेर मृत्यु भएको छ । यही जेठ १५ गते अं.१७स्३० बजेको समयमा धादिङ बेनिघाट रोराङ गाउँपालिका २ जौलाखाई भन्ने स्थानमा बस्ने बर्ष १९ कि अप्सरा चेपाङले आफ्नै छोरा बर्ष २ को साजन चेपाङलाई समेत साथमै बोकी कात्तिके चुलि जङ्गलमा घाँस काट्न गएको अबस्थामा सोहि जंगलको भिरबाट लडी बालकको घटना स्थलमै मृत्यु भएको थियो ।
घाईते भएकी आमा अप्सरा चेपाङको गर्भमा सात महिनाको गर्भ रहेको र उनीलाई उपचारको लागि टिचिङ अस्पताल मलेखु पठाएकोमा ऐ.वेलुकी करिव ९ बजे गर्भवती रहेकी आमा अप्सरा चेपाङको पनि मृत्यु भएको हो ।
उक्त घटना भएको स्थानामा प्रा.चौ।की ताल्तिबाट प्रस।नि। को कमाण्डमा र ई।प्र।का।. गजुरीबाट प्र।नि।को कमाण्डमा खटिएको टोलीले मुचुल्का सहितको विवरण तयारी पारिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी गराएको छ ।







प्रतिक्रिया दिनुहोस