आज:  | Mon, 06, May, 2024

सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यमा ६ दिने सिप क्षमता मुलक तालिम आजदेखी धादिङवेशीमा सुरु

२३ जेष्ठ २०८०, मंगलवार २०:४३ मा प्रकाशित ( ११ महिना अघि) ७५९ पाठक संख्या
नारी बाटिका


धादिङ,२३ जेठ मंगलवार ।

वागमती प्रदेशका सांसद गोविन्द प्रशाद लम्सालको प्रमुख आतिथ्यमा ६ दिने सिप तथा क्षमता मुलक तालिम आजदेखी धादिङवेशीमा सुरु भएको छ । विगत २५ वर्षदेखी महिला तथा बालबालिकामा सेवामुलक,सिपमुलक र लैंगिक हिंसा विरुद्धको क्षेत्रमा कार्य गर्दै आईरहेको नारी जागरण केन्द्र धादिङले निलकण्ठ नगरपालिका संग सहकार्य  गरी समुह व्यवस्थापान तथा सहकारीलाई प्रवद्धन गर्ने उदेस्यले ६ दिने सिप तथा क्षमता मुलक तालिम  धादिङवेशीमा सुरु गरिएको छ ।

वागमती प्रदेशका सांसद गोविन्द प्रशाद लम्सालको प्रमुख आतिथ्यमा  मंगलवार जोर पानसमा वत्ती वालेर समुद्धघाटन  गर्नु भएको थियो ।    त्यस्तै यस  तालिम २ दिनको हुने र प्रत्येक तालिममा फरक समुह र व्यक्तिलाई सहभागी गराई पहिलो चरण जेठ २३ र २४,दोस्रो चरण जेठ २५र २६ तेस्रो चरण जेठ ३२ र असार १ गते गरी ६ दिनसम्म संन्चालन हुनेछ ।

संस्थाका अभिभावक जेष्ठ नागरिक ८० वर्षे सवैको आमा सामाजिक तथा धार्मिक व्यक्तित्व चित्र कुमारी भण्डारीको अध्यक्षता तथा वागमती प्रदेश सांसद माननिय गोविन्द प्रशाद लम्शालको प्रमुख आतिथ्यमा संन्चालन भएको  तालिममा ८ समुह का ४० जना र समुदायको कुनै  पनि  कार्यक्रममा अबसर नपाएका  महिला समुह,तथा समुदाय स्तरका कृर्षक किसानी,गृहणी गरी   ७५ जनाको सहभागिता रहेको छ ।

साना व्यवशाय संन्चालन गर्नमा सहकारीको महत्व,सहकारीबाट भएका अवशर, चुनौतीका विषयमा केन्द्रका कार्यकारी निर्देशक एवं्र प्रशिक्षक भगवती उप्रेतीले सहजीकरण गर्नु भएको थियो भने प्रजनन् स्वासथ्यमा महिलाको अधिकार,महिलाको प्रजनन् स्वास्थ्य,परिवार नियोजन आदी विषयमा निलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक शिवरानाले सहजीकरण गर्नु भएको थियो । तालिम नारी जागरण केन्द्र धादिङको आफ्नै कार्यलय रहेको भवनको तालिम हलमा संन्चालन भएको हो ।

प्रत्येक चरणको २ दिनसम्म संन्चालन हुने तालिममा फरक फरक समुहका फरक सदस्यको सहभागिता रहने छ भने विषयवस्तु पनि सिप,ज्ञान र व्यवशायिक मुलक रहने केन्द्रका कार्यकारी निर्देशक तथा तालिमका प्रशिक्षक भगवती उप्रेतीले नारी वाटिका डट्कम लाई जानकारी दिनु भयो ।

त्यसैगरी ६ दिनसम्म संन्चालन हुने तालिममा  केन्द्रकी कार्यकारी निर्देशक भगवती उप्रेती, जिल्ला प्रहरी कार्यलयका प्रमुख गौतम मिश्र,जिल्ला लैंगिक हिंसा नियन्त्रण संन्जालका प्रमुख अभय लामा, व्यवशायिक तरकारी खेती तथा पशुपालनका विज्ञ विष्णु प्रशाद पोख्रेल, मनो सामजिक कर्ता रामकुमार थापा,सुरक्षित वैदेशिक रोजगार कार्यक्रमका जिल्ला संयोजक  दिनेश दुवाडी लगायतले प्रशिक्षण गर्नु हुने भएको छ ।

नारी जागरण केन्द्न धादिङको आयोजनामा संन्चालित तालिममा नारी बिकास सहकारी संस्थाको व्यवस्थापन सहयोग,नारी वाटिका डट्कम अनलाईन खबरको प्रचार प्रशार सहयोग  तथा निलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा समुहलाई व्यवस्थापन गर्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले जानकारी गर्नु भएको छ ।साथै  केन्द्रको तालिम हल बिचवजार धादिङवेशीमा संन्चालन भइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस