
नारी बाटिका
काठमाडौं ः २७ जेठ शनिवार ।
पछिल्लो समयमा देशका अधिकाँश भुभागहरु तातो हावाका कारण गर्मी ह्वत्तै बढी जनजिवन अस्तवेस्त बनाईरहेको छ । घुर्मैलो घाम लाग्ने वित्तिकै अब त पानी पर्ने भयो र अलि सितल हुने भयो भनेर आशा गरिएता पनि तत्काल तापक्रम घट्ने संकेत नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिवार एक बुलेटिन जारी गदै तत्काल तापक्रम नघट्ने संकेत नदेखिएको जनाएको हो ।
मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ। शुक्रबार तराईका धेरैजसो भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन भएको थियो।
त्येसैगरी चितवन, पर्सा, बाँके, बारा र सर्लाही लगायतका जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको महाशाखाले जनाएको छ।
महाशाखाले कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि जनाएको छ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।








प्रतिक्रिया दिनुहोस