
नारी बाटिका
काठमाडौं २७ जेठ शनिवार ।
शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकता बद्ध भएर अघि बढ्न निर्देशन दिनु भएको छ ।
पछिल्लो समयमा सभापति देउवाले ार्टीलाई धारासाही अबस्थामा पुर्याउन खोजेको,एकलौटी तरिकाले निर्णय लिने गरेको आदी भन्दै युवा नेता गगन कुमार थापा लगायतका नेताहरु देउवा बिरुदमा आन्दोलनमा लाग्ने वताएपछी पार्टी सभापती अप्ठ्यारोमा पर्न सक्ने अबस्था सिर्जना हुने संकेत देखिएको थियो । पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताउनु छ ।
उहाँले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नु पर्ने जिकिर समेत गर्नु भयो । सभापति देउवाले प्रजातन्त्र माथि फेरि संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभरी नै संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ ।
उहाँ भन्नु हुन्छ ‘ अहिलेको समय नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलन मार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडा वडामा पुर्याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु। यसो गरियो भने पार्टीको देशभरी नै संगठन बलियो भएर जानेछ।
नेपाली काँग्रेस पार्टी ऐतिहासिक पार्टी हो। २००७ सालदेखि लडदै आएको पार्टी हो। यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टीले मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने अभियानमा लाग्नु पर्छ । हाम्रो पार्टी जति बलियो हुन्छ, जति सक्षम हुन्छ। त्यति नै देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ। त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन ।
उक्त कार्यक्रमको अवसरमा सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण पनि गराउनु भयो ।







प्रतिक्रिया दिनुहोस