आज:  | Sun, 12, May, 2024

अन्तर्राष्ट्रिय योग दिवस धादिङमा प्रभातफेरी गरि मनाइयो

६ असार २०८०, बुधबार २०:०४ मा प्रकाशित ( १0 महिना अघि) ६३४ पाठक संख्या
नारी बाटिका


धादिङ,०६ असार ।

आज अन्तर्राष्ट्रिय नवौँ योग दिवस धादिङमा प्रभातफेरी तथा विभिन्न कार्यक्रम गरि मनाइएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङ, जिल्ला प्रहरी कार्यालय, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र र पतन्जली योग समिति, ओशोधारा संघ, हर्ट फाउण्डेशन र नीलकण्ठ मावि पतन्जली योग युवा समितिको संयुक्त आयोजनामा धादिङबेशीमा विहान ६ बजे पुछारबजारबाट प्रभातफेरी र्यालीको आयोजना गरी मनाइएको हो ।

मानवताको लागि योग भन्ने मुल नाराका साथ धादिङबेशी पुछारबजार स्थित बगैँचा योग साधना केन्द्रबाट सुरु भएको प्रभातफेरी शितल बजार योग साधना केन्द्रको हलमा पुगेर समापन गरिएको थियो ।

अन्तर्राष्ट्रिय रुपमा योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउदै आइरहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको हो ।

स्वास्थ्य र शारिरिक स्वच्छ राख्नको लागी योग र ध्यान साधना गर्दा उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ मा अन्तर्राष्टिय योग दिवसका रुपमा विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाउदै आइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस