आज:  | Tue, 14, May, 2024

धादिङमा लागूऔषध ओसारपसार र दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रम सम्पन्न

११ असार २०८०, सोमबार २०:५१ मा प्रकाशित ( १0 महिना अघि) ६६४ पाठक संख्या
नारी बाटिका


 

धादिङ ११ असार ।

भगवती उप्रेती

हरेक वर्ष जुन २० देखी २६ अर्थात असार ५ देखी ११ सम्म विश्वब्यापी रुपमा मनाइने लागुऔषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अबश।मा धादिङमा सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय धादिङको सयुक्त आयोजनामा विविध सप्ताहव्यापी जनचेतना मूलक कार्यक्रम संन्चालन गरी सप्ताहको आज सातौ तथा अन्तिम दिन एक समारोहका बिच सम्पन्न गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यता,निलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको विषेश आतिथ्यता रहेको थियो । तस्तै समापन समारोहमा , उद्योग वाणिज्य सङ्घ,नेपाल रेडक्रस सोसाइटी धादिङ,गैसस महाँसंघ,पत्रकार महाँसंघ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,गौतम मिश्र,सशस्त्र प्रहरीबल, प्रमुखको आतिथ्यता रहेको थियो ।

तेसैगरी कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एव्ं प्रतिनिधीहरु,जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख, स्थानीय पत्रकारहरु,विभिन्न विद्यालयका विद्यार्थीहरु,सहकारीका प्रमुख एव्ं प्रतिनिधीहरु, ।धादिङका औषधी व्यवशायीहर,स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । असार ५ गतेदेखी सुरु भएको सप्ताहव्यापी रुपमा मनाइने विविध कार्यक्रमको आय,जना गरी लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसिय कार्यक्रम एक समाराहका बिच आज भएको हो ।

पछिल्लो समयमा नेपालका युवा वर्गमा लागु औषध दुर्वेसनीको कारण हाम्रो समाजमा नराम्रा घटनाहरु घटिरहेका छन् भने लागु औषधको कुलतमा लागेर धेरै बालबालिकाहरुको भविश्यनै जोखिममा परिरहेको छ ।  लागूऔषधको प्रयोग र ओसार पसारका गतिविधीले  समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकोले यस विरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी गैरेले वताउनु भएको छ ।

नेपालमा हाल करिब एक लाख ५० हजार भन्दा बढी लागौषध प्रयोगकर्ताहरु रहेको विवरण प्रस्तुत गर्दै यसको नियन्त्रका लागि कठोर रुपमा सरकारका समेन्त्र स्थानिय तह लगायत सवैको सहकार्यमा नियन्त्रण गर्नु पर्नेमा वत्ताहरुले जोड दिएका छन् ।हाल वार्षिक ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढीरहेको विवरण पेश गर्दै यसलाई यो वर्ष कम प्रतिशतमा झार्ने लक्ष्य सहित जिल्ला प्रहरी कार्यलयको प्रयास रहेको प्रहरी प्रमुख मिश्रले बताउनु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख र प्रहरी प्रमुख गौतम मिश्रले हलको धादिङको तथ्याङ सहित प्रस्तुतीकरण गर्नु भएको थियो । यस विरुद्धमा सचेतना अभियान सञ्चालन, लागु औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, सम्बन्धमा छलफल, अन्तरक्रिया, गाँजारअफिम फडानी, प्रभात फेरी र सभा लगायतका कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस