आज:  | Sun, 12, May, 2024

गर्मी बढेसँगै तापक्रम बढीरहेछ साथै बर्खायाममा सर्पदंशबाट जोखिम हुने

१६ असार २०८०, शनिबार २०:०१ मा प्रकाशित ( १0 महिना अघि) ६९२ पाठक संख्या
नारी बाटिका


काठमाडौं १६ असार ।

यतिवेला मध्य वर्षायाम छ । साथै तातो हावा चल्ने,तापक्रम बढेसँगै गर्मी पनि अत्याधिक बढीरहेछ, । बर्खायाममा विषेश गरी सर्पदंशबाट जोखिम हुने भएकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाममा विषेश गरी तराई क्षेत्रमा सर्पदंशबाट बच्न आग्रह गरेको छ ।चिसो मौसम भन्दा गर्मीयाममा जमिन तातो हुने भएकोले जमिनभित्र बस्ने जिवजन्तुहरु बाहिर निस्कने सर्पदेखी बच्न नागरिकहरुमा सचेत गराएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा बढीमात्रामा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गर्नु भएको छ ।राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने एवं जमिनका दुला टाल्ने गर्नु पर्दछ ।

यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्ने गर्न पनि आग्रह गरिएको छ । त्यस्तै यस मौसममा विषेश होसीयारी अवनाउन वृद्धवृद्धा,बालबालिका,अशत्त,अपाङता,सुत्केरी,गर्भवती लगायताका वर्गहरुका लागी अझै जोखिम हुने भएकोले पनि परिवारका सदस्यले ध्यान दिन सुसुचित गराएको छ ।

सर्पले टोकीहाले के गर्ने ?

शरिरको सर्पले डसेको भागलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नु पर्दछ ।

यस्तै धामी–झाँक्रीतिर लान तर्फ नलाग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनु पर्दछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस