
धादिङ – १८ असार ।
धादिङको सदरमुकाम धादिङ बेसिमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ३ सान्त बजारमा सडक बत्ती निर्माण गर्ने क्रममा करेन्ट लाग्दा निलकण्ठ ८ घर भएका ४७ बर्सिय डम्बरबहादुर लामिछाने घाइते भएका थिए ।
साँझको बेला सडक बत्ती नबले पछी लाइन चेक गर्न पोलमा चढेको बेला लामिछानेलाई करेन्ट लागेको हो । करेन्ट लागी घाइते भएपछी तुरुन्तै अस्पताल पुर्याइएका लामिछानेलाई केहिबेरमा नै धादिङ अस्पतालले मृत घोषणा गरेको थियो ।












प्रतिक्रिया दिनुहोस