आज:  | Sun, 28, Apr, 2024

शोमवार देखी डिभिजन बन कार्यालय धादिङ द्धारा निस्शुल्क विरुवा बितरण सुरु

२५ असार २०८०, सोमबार १९:१७ मा प्रकाशित ( ९ महिना अघि) ४१८ पाठक संख्या
नारी बाटिका


धादिङ ,२५ असार ।

धादिङ डिभिजन बन कार्यालय द्धारा शोमवार देखी वनजन्य तथा सौन्दर्य मूलक विरुवाहरु निशुल्क वितरण गर्न थालिएको छ । डिभिजन वन कार्यालय धादिङकोे नर्सरीबाट बिरुवाहरु निशुल्क बितरण गर्न थाालिएको हो । बिरुवा बितरणको पहिलो दिन १६ हजार बिरुवा बितरण गरिएको उक्त कार्यलयद्धारा जनाइएको छ ।

वनजन्य विरुवा तर्फ चिउरी, कटहर, बडहर,तेजपात, टाँकी ,बकाईनो, कागती, अमला,निमारो,अम्बा, चाँप र कफी रहेका छन् भने सौन्दर्य मूलक विरुवा तर्फ म्याग्नोस्टिक, रुद्राक्ष, श्रीखण्ड ,धुपी ,अशोका, कल्की,कपुर र नीमका बिरुवा बितरण गरिएको हो ।

डिभिजन वन कार्यालय धादिङका सहायक बन अधिकृत लोकनाथ लम्सालका अनुसार कृर्षकहरुका निवेदनका आधारमा व्यक्तिगत १५ वटा सम्म, कार्यालयहरुको लागि ५० वटा, संस्थागत १०० वटा सम्म र सामुदायीक वनहरुलाई क्षेत्र हेरेर २५० वटा सम्म विरुवा उपलब्ध गराईएको जानकारी गराउनु भयो ।

यस्तै डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय बिक्रम मानन्धरले गजुरी गाउँपालिका वडा नं। २ का पन्नालाल मुक्तानलाई अशोकका दुई वटा विरुवा हस्तान्तरण गरी वितरण कार्यको शुभारम्भ गरिएको थियो । यस बर्ष डिभिजन बन कार्यालय धादिङले ३६ हजार बिरुवा निशुल्क बितरण गर्ने लक्ष राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस