आज:  | Tue, 14, May, 2024

कांग्रेस बैठक अपडेट ; आजदेखि केन्द्रीय सदस्यहरूले आ आफ्ना धारणा राख्ने

३ श्रावण २०८०, बुधबार ११:५८ मा प्रकाशित ( १0 महिना अघि) ४७३ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ३ साउन ।

करिव ११ महिनाको अन्तरालमा साउन २ गते देखी सुरु भएको नेपाली काँग्रेस केन्द्रिय समितीको बैठक वुधवार पनि जारी रहेको छ । साथै कांग्रेसका केन्द्रिय समितीका सदस्यहरुले आजदेखि बैठकमा आ आफ्ना धारणा राख्ने भएका छन् ।

मंगलबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीका माथिल्लो वर्गमा पर्ने नेताहरुले आ आफ्ना धारणा राख्ने भएका हुन् ।

पार्टी कार्यलय सानेपामा बसेको आज विहान ११ बजेबाट सुरु भएको बैठकमा केन्द्रीय समितिका सदस्यले धारणा राख्नेछन्। प्रत्येक केन्द्रीय समिति सदस्यहरुलाई बोल्नका लागि ७ मिनेटको समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन्।

सभापती शेर व.देउवाको अनुरोधमा कांग्रेसले पहिलो पटक केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण समेत गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा नेताहरुले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो ।

मंगलबार दिउँसो २ बजे बाट सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गर्नु भएसँगै महामन्त्री विश्व प्रकाश शर्माले बैठकको एजेन्डाहरु प्रस्तुत गर्नु भएको थियो ।

बैठकको एजेण्डा प्रस्तुत भएसंगै महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गर्नु भएको हो । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पेस भएको थियो ।

त्यस्त पार्टी उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिनु भएको थियो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस