नारी बाटिका
काठमाडौं, ६ साउन ।
खड्कालाई कार्यबाहक काम चलाउको अधिकार प्रदान गरी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार इटली प्रस्थान गर्नु भएको छ । पर्सी शोमवार साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिनको लागी प्रधानमन्त्री दाहाल शनिबार साँझ इटाली प्रस्थान गर्नु भएको हो ।
प्रधानमन्त्री दाहालसँग कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसाल,राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र प्रधानमन्त्रीकी पुत्री गंगा दाहाल पनि इटाली जानु भएको छ ।
दाहाललाई बिदाई गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, मुख्य सचिव डा. वैकुण्ठ अर्याल लगायतका उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीले इटालीमा हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो धारणा राख्नु हुनेछ ।
नेपालको संविधानले ब्यवस्था गरिए बमोजिम प्रधानमन्त्री विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नु हुनेछ । शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस