
नारी बाटिका
काठमाडौं,७ साउन ।
आज विशेष गरी चार प्रदेशमा मध्यम वर्षाको संभावना रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य बाँकी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ।
त्यस्तै महाशाखाका अनुसार अहिले विहान ७ बजेसम्म देशभरमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि हल्का वर्षा भइरहेको छ ।
यस्तै आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा देशका बाँकी भूभागहरु केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।
आज आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोप तथा हावा हुरीको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।








प्रतिक्रिया दिनुहोस