आज:  | Mon, 29, Apr, 2024

पुष्पलालले गरेका योगदानको चर्चा गर्दै,एमाले धादिङको आयोजनामा ४५ औँ स्मृति दिवस बिचार गोष्ठी

८ श्रावण २०८०, सोमबार ०९:०९ मा प्रकाशित ( ९ महिना अघि) ३६० पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ, ८ साउन ।

एमाले (नेकपां का मात्रै नेता नभई प्रजातन्त्र प्राप्तीका लागी लडेका पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीमा मात्रै हैन राणा सासन अन्त्यका लागी गरेका योगदानको चर्चा गर्दै,आइतवार एमाले धादिङद्धारा ४५ औँ स्मृति बिचार गोष्ठीको आयोजना गरेको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले धादिङ द्धारा आयोजित पुष्पलालको योगदान बिषयक बिचार गोष्ठी गरेको हो ।

उक्त बिचार गोष्ठीमा जनताको समस्या समाधान गर्नका लागि नेकपा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर विकासका विषयमा साझा धारण बनाएर अघि बढ्नु पर्ने कार्यक्रममा सहभागी नेता तथा राजनितिक दलहरुले बताएका छन् ।

जिल्ला पार्टी कमिटी एमालेद्वारा धादिङबेसीमा ४५ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पालालको योगदान विषयक विचार गोष्ठीका अवबरमा नेकपा एमाले, नेपाली काँग्रेस लगायतका सामाजिक अगुवाहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले जनताको समस्या समाधान गर्नका लागि जनतका साझा विषयमा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर अघि बढ्नु पर्ने बताउनु भयो । एमालेले जितेका ठाउँमा सहकार्य गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको बताउँदै नेपाली काँग्रेसले जितेको ठाउँमा विकासका योजनामा सहकार्य गर्नका लागि आग्रह गर्नु भयो ।

राजनिति पेशा नभइ सेवा भएकोले चुनावपछि जितेकाहरुले निजि सम्पत्ती जस्तो ठान्ने बानी त्यागेर चुनाव जितेपछि साझा मान्छे हुन सिक्नु पर्नेमा अहिलेका जनप्रतिनिधि त्यो हुन नसकेको बताउनु भयो । दुख कष्टबाट प्राप्त गरेको व्यवस्थालाई समृद्ध पार्दै समाजबादका लागि इमान्तदार भएर अघि बढ्न सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस धादिङका पूर्व सभापति एवं् युवा नेता रमेश धमलाले विकासका साझा विषयमा साझा धारणा बनाउन दलहरुलाई आग्रह गर्नु भयो । हरेक वडामा कम्तिमा विकासका ५ ओटा विषयमा साझा एजेण्डा बनाएर अघि बढ्नु पर्ने उहाँको भनाइ छ । पुष्पलाल जस्ताले गर्दा यो व्यवस्था आएर अहिले विकासको यो अवस्थामा आएकोले योगदानको चर्चा गर्दै सम्मान गर्दै नयाँ काम गर्नु पर्ने धमलाको भनाइ रहेको छ ।

पुष्पलाललाई लेनिनसंग तुलना गर्दै माक्र्सबाद अध्यायन प्रतिष्ठानका अध्यक्ष सीताराम कोइरालाले नेपालका कम्युष्टि जती सवैलाई एकतावद्ध गर्दै अघिबढ्न पुष्पलालको विचारले योगदान गरेको बताउनु भयो ।पुष्पलालको विचारले सबै राजनितिक दल एकजुट भएर एकताबद्ध अघिबढ्नु पर्ने बताएका हुन्।

मृत्युको अन्तिम घडीमा समेत भारतले उपचार गरिदिन्छु भन्दा इन्कार गरि आफ्नै देशको जनताले उपचार गर्ने बताएर आफूलाई सादगीको उदाहरण दिनु भयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामा लगायतले पुष्पलाललको जिवनी र योगदान बारे चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस