आज:  | Sat, 27, Apr, 2024

आफ्नै बावुबाट नाबालिका छोरी बलात्कृत,यौन पिचासु बावुको ५ महिनाको गर्भ समेत रहेको पुष्टी

१३ श्रावण २०८०, शनिबार ०८:२० मा प्रकाशित ( ९ महिना अघि) ६२८ पाठक संख्या
नारी बाटिका


धादिङ , १३ साउन ।

पछिल्लो समयमा हाम्रो समाजमा के वृद्ध, के बयस्यसक्, के नावालिका होस या कुनै उमेर समुहका महिलाहरुमा बड्दै गएको यौन हिंसाको जोखिममा पर्न टाढा अन्त कतै यौन दुराचारीको नाम लिनै नपर्ने अबस्था आईसक्यो । हाम्रो सवैभन्दा नजिकका सहारा आफन्त,नाता सम्वन्ध रहेका बावु,दाजुभाई,मामा ,काका,ठुलो बा,चिने जानेका आदी । तर यिनै अभिभावकबाटै आफुमाथी यति ठुलो गिद्धेनजर राख्लान् भनेर कसरी शंका गर्ने सकिन्छ र ???

यस्तै जघन्य अपराधको घटना धादिङमा मजदुरी गर्दै आएका आफ्नै बावुबाट नाबालिका छोरी पटक पटक बलात्कृत भई उनको पेटमा ५ महिनाको गर्भ समेत रहेको पुष्टी भएको छ । ति योन पिचासु दानव बावुले मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई पटक पटक जबरजस्ती करणी गरी छोरीको पेटमा ५ महिनाको गर्भ समेत रहेको खुल्न आएको हो ।

जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुर स्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ सम्म सँगै काम गर्दै छोरी सँग एउटै कोठामा बस्दै आएका थिए ।

त्यसैक्रमा आफ्नै बावुले १७ वर्षीय छोरीमाथि पटक पटक जबरजस्ती करणी भएको पीडित नाबालिकाको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भयो । पटक पटक जबरजस्ती करणीबाट अहिले नाबालिका छोरीको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँट्टा उद्योगमा काम गर्दै आएको भएता पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको थियो ।

पीडक बाबुलाई दाङको घोराहीमा आफन्तको घरमा लुकीछिपी बसिरहेको अबस्थामा प्रहरीले फेला पारी प्रहरीले गत बुधबार साउन १० गते पक्राउ गरेको हो । घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस