
नारी बाटिका
काठमाडौं, २० साउन ।
उत्तराखण्डको गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न भारत सरकारलाई परराष्ट्रमन्त्री एमपी साउथले अनुरोध गर्नु भएको छ । भारतको उत्तराखण्ड स्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी गरी उद्धार गरिदिनका लागि नेपालले भारतीय सरकार संग अनुरोध गरेको छ ।
आज शनिबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरी रुद्रप्रयाग जिल्लाको गौरी कुण्डमा बिहीबार रातिदेखि परेको अबिरल वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी गरी उद्धारका लागि आग्रह समेत गर्नु भएको हो ।
रुद्रप्रयागको गौरीकुण्डमा गएको विध्वशंकारी पहिरोमा परी १९ जना बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्ता मध्ये अधिकांश नेपाली रहेका छन् । मुख्यमन्त्री धामीले शनिबार बिहानैबाट बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको परराष्ट्रमन्त्री साउद सँग बताएका छन् ।
धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरुको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको हो ।








प्रतिक्रिया दिनुहोस