आज:  | Sun, 05, May, 2024

धादिङको खनियाबास गाउँपालिका ४ स्थित एक महिला माथी खुकुरी प्रहार

२२ श्रावण २०८०, सोमबार १९:०७ मा प्रकाशित ( ९ महिना अघि) ३१६ पाठक संख्या
नारी बाटिका


धादिङ,२२ साउन ।

धादिङको खनियाबास गाउँपालिका ४ स्थित एक महिला माथी खुकुरी प्रहार भएको छ । धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा नम्बर ४ स्थित दार्खामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाईते भएकी हुन् ।

आईतबार ३० वर्षिय सागर पौडेलले ३५ वर्षिया अञ्जु सिंखडालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

घाईते भएकी सिम्खडाको टाउँको र हातमा गम्भीर चोट लागेको र काठमाण्डौंमा उपचार भईरहेको प्रमुख प्रहरी उपरिक्षक मिश्रले बताउनु भयो ।
खुुकुरी प्रहार गर्ने पौडेललाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस