आज:  | Tue, 18, Feb, 2025

सरकारले ल्याउन लागेको प्रस्तावित विद्यालय शिक्षा विधेयकको बिरुद्धमा शिक्षक महासंघद्वारा पालिकामा धर्ना

२८ श्रावण २०८०, आईतवार १९:५१ मा प्रकाशित ( १ साल अघि) २२०६ पटक पढिएको
नारी बाटिका


धादिङ,२८ साउन ।

धादिङको शिक्षक महासंघद्वारा जिल्लाका सबै पालिकामा विरोधका साथ धर्ना गरेका छन् । आज शिक्षक महासंघले धादिङको १३ वटै नगर तथा गाउँपालिकामा धर्ना दिएका हुन् ।
आईतवार जिल्लाका सबै स्थानिय तहका शिक्षकहरुले धादिङका २ नगरपालिका तथा ११ गाउँपालिकामा ३ घण्टा धर्ना दिएका छन् । शिक्षक महाँसंघले केन्द्रिय कार्यक्रम अन्तरगत आज बिहान ११ बजेदेखी २ बजे सम्म आ आफ्नो पालिकाको कार्यलय भवन अगाडी धर्ना दिइएको हो ।

सरकारले बिभेदकारी ऐन,राहत शिक्षक ब्यबस्थापन ,बालशिक्षक र बिद्यालय कर्मचारी समायोजन र स्थायी शिक्षक पेन्सन कटौती लगाएतको बिरुद्धमा शिक्षकहरु आन्दोलित भएका हुन् ।

पछिल्लो समयमा सरकारले ल्याउन लागेको प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्था प्रति असन्तुष्टि जनाउँदै आज नेपाल शिक्षक महासंघ धादिङले केन्द्रिय कार्यक्रम अनुसार नीलकण्ठ नगरपालिका सहित जिल्लाको सबै स्थानित तहमा धर्ना दिएका हुन् । शिक्षक महासंघले माध्यमिक शिक्षा सम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ ।

स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग विधेयकले सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरीएको छ । सरकारले ल्याएको विधेयक नसच्याए सम्म कडा आन्दोलन गर्ने शिक्षकहरुले चेतावनी पनि दिएका छन् ।

सरकारले ल्याउन लागेको विद्यालय विध्येयक विभेदकारी भएको भन्दै विद्यालय बन्द सम्मको आन्दोलनको कार्यक्रम रहेको भन्दै माग सम्बोधन गरेर सहज वातावरण बनाउन समेत शिक्षक सम्बद्ध संघ संगठनहरुले माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस