आज:  | Tue, 21, Jan, 2025

घटेन धादिङमा डेंगुका महामारी, आज एकै दिनमा ८० जनामा संक्रमण पुष्टी

२९ श्रावण २०८०, सोमबार १९:१९ मा प्रकाशित ( १ साल अघि) १४०१ पटक पढिएको
नारी बाटिका


धादिङ,२९ साउन ।

साउनको अन्तिम हप्ता सम्म डेंगुका सक्रमित घटने अपेक्षा राखिएको भएता पनि घटेन धादिङमा डेंगुका महामारी, आज एकैदिनमा ८० जनामा संक्रमण पुष्टी भएको छ ।जिल्ला स्वास्थ्य कार्यलय धादिङको अनुसार शोमवार ८० जनामा डेंगु संक्रमण पुष्टि भएको हो । सक्रमित मध्य नीलकण्ठ नगरपालिकाका ७६ जना, ज्वालामुखीका २ जना, गजुरी र सिद्धलेकका १ । १ जना गरी ८० जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

धादिङमा साउन १ देखि आज २९ गतेसम्म आइपुग्दा १ हजार ५३२ जना डेंगु संक्रमित भइसकेका छन् । जसमध्ये ७८७ जना पुरुष र ७४५ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ३३७ जना डेंगु संक्रमित भएका छन् ।

यसैगरी ज्वालामुखी गाउँपालिकामा ४९, बेनीघाट रोराङ ३२, सिद्धलेकमा २७, त्रिपुरासुन्दरीमा २४, गंगाजमुनामा १६, खनियाबासमा १३, रुवीभ्यालीमा ११, नेत्रावती डबजोङमा ८, गल्छी, गजुरीमा ५ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

चिकित्सकका एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, खाना मन नलाग्ने,कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्। बिरामी बढेसँगै धादिङ अस्पतालमा चाप दिनानुदिन बढ्दै गएको छ ।

डेंगु रोगबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर पालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन र सरसफाईमा विषेश ध्यान दिन आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस